site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२०२३ मा ६ वर्षयताकै बढी चिकित्सक उत्पादन
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सन् २०२३ मा नेपालमा ६ वर्षयताकै बढी चिकित्सक उत्पादन भएका छन् । नेपाल मेडिकल काउन्सिलले हालै सार्वजनिक गरेको वार्षिक प्रगति विवरणमा सन् २०१८ पछि २०२३ मा वर्ष सबैभन्दा धेरै चिकित्सक (अन्डरग्राजुएट) दर्ता भएको उल्लेख छ ।

२०२३ मा दुई हजार ६९२ चिकित्सक काउन्सिलमा दर्ता भएका छन् । यो संख्या २०१८ मा दुई हजार ३३८, २०१९ मा दुई हजार ५९२, २०२० मा दुई हजार १३१, २०२१ मा एक हजार ७१६ र २०२२ मा दुई हजार ८५ थियो ।

दर्ता भएका मध्ये मेडिकलतर्फ ३० हजार २७ र डेन्टलतर्फ चार हजार ८३८ जना छन् । उनीहरूमध्ये २१ हजार ६८१ पुरुष र १३ हजार २२९ महिला छन् ।

योसहित हाल नेपालमा अन्डरग्राजुएट चिकित्सकको संख्या ३४ हजार ९१० र विशेषज्ञको संख्या १० हजार ५८८ पुगेको छ ।

चार वर्षयताकै बढी चिकित्सक विदेशिए 
काउन्सिलको विवरणानुसार सन् २०२३ मा पछिल्लो चार वर्षयताकै बढी चिकित्सक विदेशिएका छन् । उच्च शिक्षा र काम गर्न काउन्सिलबाट सो अवधिमा दुई हजार ५०० भन्दा बढी चिकित्सकले असल चारित्रिक प्रमाणपत्र लिएको उल्लेख छ ।

२०२३ मा दुई हजार ५८२ जनाले असल चारित्रिक प्रमाणपत्र (गुड स्टयान्डिङ  सर्टिफिकेट) लिएका छन् । चार वर्षअघिको तुलनामा यो दोब्बरभन्दा बढी हो । २०२० मा एक हजार ८७ जनाले सो प्रमाणपत्र लिएका थिए । २०२१ मा एक हजार ५०२ जनाले लिएका थिए । २०२२ मा दुई हजार १८९ ले सो प्रमाणपत्र लिएका थिए ।

सबैभन्दा धेरै अमेरिकाका निम्ति एक हजार ८८८ जनाले असल चारित्रिक प्रमाणपत्र लिएका छन् । दोस्रोमा यूकेका निम्ति एक हजार ५७८ जनाले सो प्रमाणपत्र लिएका छन् ।

यीबाहेक चिकित्सक धेरै जानेमा माल्दिभ्स, भारत, यूएई, अस्ट्रेलियालगायत मुलुक रहेका काउन्सिलको विवरणमा उल्लेख छ । सो प्रमाणपत्र विदेशमा अध्ययन, काम गर्न र नेपालमै समेत बढुवाका निम्ति प्रदान गर्ने गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro