site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रदेशको नामकरण संघीयताविपरीत : उपेन्द्र यादव
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रदेशको नामकरण संघीयताविपरीत भएको टिप्पणी गरेका छन् । बुधबार साँझ मधेस प्रदेश सरकारले प्रदेशको नाम घोषणाको स्मरणमा आयोजना गरेको स्वाभिमानी दिवस कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले मधेसबाहेकको नाम संघीयताविपरीत राजा महेन्द्रको पथमा नामकरण गरिएको आरोप लगाए । उनले पहिचानमा आधारित प्रदेश मधेस मात्र रहेको जिकिर गरे । संघीयताविपरीत नामकरण गरिएकाले कोसी प्रदेशको नाम जनताले अस्वीकार गरेको उनको भनाइ थियो ।

“प्रदेशको नामकरण संघीयताको विपरीत भएको छ । कोसी प्रदेशका जनताले नाम अस्वीकार गरे । जनता सडकमा लडेर सहादत प्राप्त भए,” उनले भने, “पहिचानमा आधातिर संघीयताको सिद्धान्तविपरीत नाम राखिएको छ । पहिचानको आधारमा नभएपछि कोसी प्रदेशका जनताले नाम अस्वीकार गरे ।”

अध्यक्ष यादवले मधेस प्रदेशको मुख्य चुनौती भ्रष्टाचार रहेको बताए । उनले प्रदेशको समुन्नत विकासका निम्ति सुुशासन अपरिहार्य रहेको भन्दै भ्रष्टाचारविरुद्ध निर्मम भएर काम गर्न आग्रह गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ०९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro