site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जापान भूकम्प : मृत्यु हुनेको संख्या २३२ पुग्यो, अझै २१ जना बेपत्ता
SkywellSkywell

टोकियो । जापानको इशिकावा प्रान्तमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या बुधबार २३२ पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रान्तीय सरकारका अनुसार, अद्यावधिक गरिएको तथ्यांकमा वाजिमा सहरले थप १० जनाको ज्यान गएको जनाएको छ । वाजिमा सहर नोटो प्रायद्वीपमा गएको भूकम्पले सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो ।

KFC Island Ad
NIC Asia

स्थानीय अधिकारीहरूले भूकम्पपछि तत्काल भएको आगलागीमा व्यापक क्षति बेहोरेको लोकप्रिय पर्यटकीय स्थल वाजिमाको बिहानी बजारको छेउछाउमा मृतकहरू फेला परेको बताएका छन् ।

उक्त क्षेत्रमा गत हप्तादेखि नै व्यापक खोजी र उद्धार कार्य भइरहेको थियो । 

Royal Enfield Island Ad

भूकम्पमा परी वाजिमा सहरमा १७ र सुजु सहरमा चारजना गरी कुल २१ जना अझै बेपत्ता रहेका छन् ।

स्थानीय सञ्चारमाध्यमले उपलब्ध गराएका विवरण अनुसार क्षति भएका घर तथा आवासहरूको सङ्ख्या २२ हजार ३७४ रहेको पुष्टि भएको छ । थप मूल्यांकनहरू गर्दा प्रभावित भवनहरूको संख्यामा उल्लेखनीय वृद्धि हुन सक्ने बताइएको छ । 

वाजिमा र सुजुका सहरहरूमा, क्षतिको परिमाण अझै धेरै पुष्टि भएको छ । वास्तविक अवस्था अझै पनि अस्पष्ट रहेको जापानको राष्ट्रिय समाचार संस्था (क्योदो)ले जनाएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १९:२७
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro