site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त

काठमाडौं । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त पदमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

कोषका कार्यकारी निर्देशक रमण नेपालको कार्यकाल सकिएपछि नयाँ कार्यकारी निर्देशक छनोटका लागि समिति गठन भएको थियो । जसमा अन्तिम पाँचजनामा कार्कीसहित राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा. शिवहरी श्रेष्ठ छनोट भएका थिए । 

व्यवस्थापनमा स्नातकोत्तर गरेका कार्की नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । 

राष्ट्र बैंकमा तीन दशक अनुभव सम्हालेका कार्कीले ग्रामीण विकास बैंकको सीईओ भएर पनि काम गरेका थिए ।
 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्