site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
२८औं वरीयताको ट्युनिसियाविरुद्ध ११३औं वरीयताको नामिबियाको जित  

काठमाडौं । अफ्रिका कप अफ नेसन्समा नामिबियाले ट्युनिसियाविरुद्ध १–० को सनसनीपूर्ण जित निकालेको छ । 

मंगलबार आइभेरी कोस्टको अमाडोउ गोन कौलीबाली रंगशालामा सम्पन्न खेलमा ट्युनिसियाविरुद्ध जित दिलाउन नामिबियाका डियोन काभेन्जीले निर्णायक गोल गरे । काभेन्जीले खेलको निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा गोल गर्दै नामिबियालाई अग्रतामा राखेका थिए । यही गोल निर्णायक बन्दा नामिबियाले प्रतियोगिताको उपाधि दाबेदारविरुद्ध सनसनीपूर्ण जित निकालेको हो । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा ट्युनिसिया २८औं स्थानमा र नामिबिया ११३औं स्थानमा छ ।

जितसँगै तीन अंक जोडेको नामिबिया समूह ‘इ’ को दोस्रो स्थानमा उक्लिएको छ । अप्रत्यासित हार व्यहोरेको ट्युनिसिया तालिकाको तेस्रो स्थानमा छ ।

मंगलबार नै सम्पन्न समूहको अर्को खेलमा मालीले दक्षिण अफ्रिकाविरुद्ध २–० को जित निकालेको छ । मालीको जितमा हमरी ट्रोरे र लासिन सिनायोकोले गोल गरे । 

जितसँगै तीन अंक जोडेको माली तालिकको शीर्ष स्थानमा उक्लिएको छ । दक्षिण अफ्रिका भने समूहको पुछारमा छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro