site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा युद्धविराम गर्न पुनः आह्वान
फाइल तस्बिर ।

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार गाजामा द्वन्द्व सुरु भएको १०० दिन पुगेपछि तत्काल मानवीय युद्धविराम गर्न पुनः आह्वान गरेका छन् । गाजाबाहेक लालसागर र त्यसभन्दा बाहिर पनि तनाव बढेको भन्दै उनले चाँडै युद्धविराम गर्न आह्वान गरे ।

उनले दैनिक युद्धले जनजीवन प्रभावित बनेको बताए । इजरायल र लेबनानबीचको सम्बन्धमा थप दरार आउन दिन नहुनेमा उनले जोड दिए । द्वन्द्व सुरु भएको १०० दिन भइसकेको र गाजामा मानवीय अवस्था शब्दमा सीमित नरहेको उनले उल्लेख गरे ।

भोकमरीको ‘लामो छाया’ले गाजाका मानिस रोग, कुपोषण र अरू स्वास्थ्य खतरामा परेको उनले बताए । सहायता अभियानले गाजाभित्र वितरणमा पनि ठूलो बाधा सामना गरिरहेको उनको भनाइ छ ।

हमासले गरेको हिंसालाई कुनै कुराले न्याय दिन नसक्ने उनले बताए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro