site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मलेसियाको पोस्टमा जोर्डनको चार गोल, इराकको विजयी सुरुआत

काठमाडौं । एएफसी एसियन कपको आफ्नो पहिलो खेलमा जोर्डनले मलेसियाविरुद्ध ४–० को सहज जित निकालेको छ । सोमबार कतारको अल जनौब रंगशालामा जोर्डनलाई जिताउन महमोउद अल–मार्दी र मुसा अल–तमारीले समान दुई गोल गरे ।
 
खेलको १२औँ मिनेटमा मार्दीले गोल गर्दै जोर्डनलाई अग्रतामा राखेका थिए । त्यसको ६ मिनेटपछि नै तमारीले प्राप्त पेनाल्टी सदुपयोग गरेपछि जोर्डनले अग्रता दोब्बर बनायो । ३२औँ मिनेटमा मार्दीले दोस्रो गोल गरेपछि जोर्डनले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो ।

खेलको निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा तमारीले गोल गरेपछि जोर्डनले ४–० को सहज जित निश्चित गर्‍यो ।

जितसँगै तीन अंक जोडेको जोर्डन समूह ‘इ’को शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमै फराकिलो हार व्यहोरेको मलेसिया तालिकाको पुछारमा छ । यो समूहमा जोर्डन र मलेसियासँगै दक्षिण कोरिया र बहराइन छन् ।

सोमबार नै भएको समूह ‘डी’को खेलमा इराकले इन्डोनेसियाविरुद्ध ३–१ को जित निकाल्यो । इराकको जितमा मोहनाद अली, ओसामा रासिद र आयुमेन हुैनले गोल गरे । इन्डोनेसियाका मासेलिनो फर्डिनानले गोल फर्काएका थिए ।

जितसँगै तीन अंक जोडेको इराक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । हारबाट प्रतियोगिताको सुरुआत गरेको इन्डोनेसिया पुछारमा छ । यो समूहमा इराक र इन्डोनेसियासँगै जापान र भियतनाम छन् ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro