site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुने

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने भएका छन् ।

मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अहिले बिहान ९:१५ बजे सुरु हुने छ । अर्को खेल काठकाडौंको मूलपानी क्रिकेट मैदानमा एपिएफ क्लब र कोसी प्रदेशबीच बिहान ९:१५ बजे सुरु हुने छ । आजै तेस्रो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच अहिले बिहान ९:०० बजे सुरु हुने छ ।

मधेस प्रदेश जारी प्रतियोगितामा हालसम्म खेलेको एउटा खेलमा विजयी हुँदै अंक तालिकाको शीर्ष स्थानमा छ । मधेसले शनिबार सम्पन्न खेलमा कोसी प्रदेशलाई सात विकेटले पराजित गरेको थियो । यस्तै आर्मी क्लब भने आज पहिलो खेल खेल्दै छ ।

यसैगरी एपीएफ क्लब अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । एपीएफले पहिलो खेलमा वाग्मती प्रदेशलाई ८९ रनले पराजित गरेको थियो । कोसी प्रदेश भने पहिलो खेलमा मधेससित सात विकेटले हारेको थियो ।

यस्तै, लुम्बिनी प्रदेश अंक तालिकाको चौथो स्थानमा छ । लुम्बिनीले पहिलो खेलमा गण्डकी प्रदेशलाई चार विकेटले पराजित गरेको थियो । सुदूरपीश्चम प्रदेश भने आज पहिलो खेल खेल्न लागेको हो ।

 

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  ०७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro