site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोन्जाको पोस्टमा इन्टरको पाँच गोल

काठमाडौं । लिग लिडर इन्टर मिलानले इटालियन सिरी ‘ए’मा मोन्जाविरुद्ध ५–१ को सहज जित निकालेको छ ।

यू पावर रंगशालामा सम्पन्न खेलमा इन्टरलाई जित दिलाउन लौटारो मार्टिनेज र हाकन चाल्ननोलुले समान दुई गोल गरे । यस्तै, अर्को एक गोल भने मार्कुस थुरमले गरे । घरेलु टिमका माटेओ पेसिनाले एक गोल गरेका थिए ।

खेलको १२औँ मिनेटमा चाल्ननोलुले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि नै मार्टिनेजले पाहुना टिमको अग्रता दोब्बर पारे ।

खेलको ६०औँ मिनेटमा रफाइल पालाडिनोले रातो कार्डको दर्शन गर्दै मैदान छाडेपछि घरेलु टिम १० खेलाडीमा समेटिएको थियो । सोही मिनेटमा चाल्ननोलुले दोस्रो गोल गरेपछि इन्टरले अग्रतालाई ३–० मा पुर्‍याएको थियो । ६९औँ मिनेटमा पेसिनाले प्राप्त पेनाल्टी सदुपयोग गरेपछि मोन्जाले इन्टरको अग्रतालाई ३–१ को अवस्थामा झारेको थियो ।

तर, ८४औँ मिनेटमा लौटारो मार्टिनेजले पनि प्राप्त पेनाल्टीमा गोल गर्दै पाहुना टिमलाई ४–१ को अवस्थामा राखेका थिए । यस्तै, ८८औँ थुरमले गोल गरेपछि इन्टरले ५–१ को सहज जित सुनिश्चित गरेको हो ।

जितसँगै २० खेलबाट ५१ अंक जोडेको इन्टर तालिकाको शीर्ष स्थानमा छ । इन्टरलाई पछ्याइरहेको युभेन्ट्सले १९ खेलबाट ४६ अंक जोडेको छ । २० खेलबाट २५ अंक जोडेको मोन्जा तालिकाको ११औँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  ०९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro