site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सिटौला कति सुरक्षित ?
Sarbottam CementSarbottam Cement

विराटनगर । राष्ट्रियसभा सदस्य पदका निम्ति मनोनयनपत्र दर्ता गराउने दिन (पुस २३) नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको अनुहार हँसिलो देखिन्थ्यो । त्यसको अघिल्लो दिन पार्टीले टिकट दिनासाथ उनी रातभर गाडीको यात्रा गरेर झिसमिसेमा विराटनगर आइपुगेका थिए ।

“मौसमले साथ देला/नदेला, हुस्सु लागेर जहाज नउड्ला भन्ने लागेर म त काठमाडौबाट गाडीमै आएँ,” सिटौलाले भनेका थिए । टिकट वितरणका विषयमा रातभर कांग्रेस केन्द्रीय कार्यालयमा नेताबीच गलफदी भइरहँदा सिटौला विराटनगर आएका थिए ।

विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा मनोनयनपत्र दर्ता गराउन उनलाई कांग्रेसका केन्द्रीय, प्रदेश, जिल्लादेखि स्थानीय नेतृत्वले साथ दिए । आफ्नो मात्र नभई फरक गुटका नेता तथा कार्यकर्ता पनि सिटौलालाई हौस्याउन निर्वाचन कार्यालय पुगेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले सत्ता गठबन्धनका तर्फबाट साझा उमेदवारका रूपमा मनोनयनपत्र दर्ता गराए । तपाईंले जित्ने आधार के हो ? भन्ने बाह्रखरीको प्रश्नमा सिटौलाले जवाफ दिएका थिए, “हामी गठबन्धनमा छौँ, गठबन्धनको मतभारले पुग्छ ।” राष्ट्रियसभामा पुगेर आफू संसदीय व्यवस्था र वर्तमान शासन प्रणालीको विकासमा अझ सक्रिय हुने उनको भनाइ थियो ।

सिटौलाको प्रस्तावक र समर्थक क्रमशः प्रदेश सांसद प्रदीपकुमार सुनुवार र हिमाल कार्की बसेका थिए । कार्की पार्टी सभापति शेरबहादुर देउवानिकट प्रदेशसभा सदस्य हुन् ।

Global Ime bank

fmmg-1705153105.jpg
मनोनयनपत्र दर्ता गराएपछि नेता कृष्णप्रसाद सिटौला ।

कांग्रेस कोइराला समूहका केदार कार्की कोसी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुँदा सिटौला पक्षधरको ‘रियाक्सन’ र उनीसहितलाई पार्टीबाट कारबाही गर्नुपर्नेमा समेत जोड दिइएको थियो । तर, मनोनयनपत्र दर्ताको दिन मुख्यमन्त्री कार्की आफैँ सिटौलासँग भेट गर्न निर्वाचन कार्यालयमै पुगे ।

सिटौलालाई साथ दिएर विजयी गराउन उनले अपिल गरे । “उहाँ (कृष्णप्रसाद सिटौला) यो पदका लागि योग्य हुनुहुन्छ,” कार्कीले भनेका थिए, “पार्टीले अघि बढाएपछि हामी सबै लागेर जिताउँछौँ ।”

त्यही दिन नेता डा. शेखर कोइराला र कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको कोसी प्रदेश कार्यालयमा बसेको गठबन्धन दलको बैठकमा ‘सिटौला सबैको सहमतिमा उमेदवार बन्नुभएको हो’ भन्दै आश्वस्त पारे ।

कोइरालाले ‘राष्ट्रियसभामा जिम्मेवारीका लागि सिटौला उपयुक्त नेता’ भएको बताएका थिए । महामन्त्री शर्माले पनि सिटौलाको उमेदवारी र उनलाई अघि बढाउने विषयमा पार्टीपंक्ति एक ढिक्का भएको सुनाए ।

चुनावी दौडाहा 
मनोनयनपत्र दर्ता गराएदेखि नै नेता सिटौला गठबन्धनतर्फबाट अर्का उमेदवार चम्पा कार्कीसँगै छलफल र चुनावी अभियानमा सक्रिय भएका छन् । उमेदवारले प्रदेशका १४ वटै जिल्लाका मतदातासँग प्रत्यक्ष भेटघाट गरी अन्तरक्रिया गर्ने तय भएको जनाइएको छ ।

नेता सिटौलासहित गठबन्धन उमेदवारको चुनावी अभियान टोली मतदातासँग भेटघाट गर्न जिल्ला दौडाहामा निस्किएको छ । मोरङ, सुनसरी, झापा र उदयपुरमा चुनावी भेटघाट सकाइएको छ । शनिबार पाँचथर, इलाम र ताप्लेजुङका मतदातसँग भेटघाट गरिएको छ । धनकुटा, तेह्रथुम र भोजपुरका मतदातासँग हिलेमा कार्यक्रम आयोजना गरिएको छ । खोटाङ, ओखलढुंगा र सोलुखुम्बु हुँदै माघ ९ गते गठबन्धनका उमेदवार विराटनगर आइपुग्नेछन् ।

“माघ १० गते विराटनगरमा सबै मतदातासँग उमेदवारको अन्तरक्रिया कार्यक्रम तय गरिएको छ,” कांग्रेस कोसी प्रचार समिति संयोजक बासु कोइरालाले भने, “हरेक जिल्लामा जिल्लास्तरीय गठबन्धन समिति पनि गठन भएका छन् । त्यहाँबाट समेत अभियानलाई अघि बढाइएको छ ।”

iefmdkgm-1705153176.jpg
चुनावी अभियानका क्रममा गठबन्धनका नेताहरूसँग छलफल गर्दै कृष्ण सिटौला ।

यो अभियानमा सिटौलाले फरक समूहका सांसद एवं पालिकाका प्रमुख र उपप्रमुखलाई समेत साथमा लिएर हिँडेका छन् । सिटौलालाई राष्ट्रियसभाका भावी अध्यक्षका रूपमा पनि हेरिएको छ ।

मतभार
राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति कोसी प्रदेशमा २७४ स्थानीय तहका प्रमुख, उपप्रमुख र ९३ प्रदेशसभा सदस्य मतदाता छन् । उनीहरूको कुल मतदाता संख्या ३६७ छ । प्रदेशसभा सदस्यको प्रतिमतभार ५३ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १९ रहने व्यवस्था छ ।

प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६, नेकपा (एकीकृत समाजवादी)का चार र जनता समाजवादी पार्टी (जसपा)का एक सांसद छन् । यस हिसाबले प्रदेशबाट एमालेको मतभार दुई हजार १२०, कांग्रेसको एक हजार ५३७, माओवादीको ६८९, राप्रपाको ३१८, एकीकृत समाजवादीको २१२ र जसपाको ५३ मतभार छ ।

प्रदेशका १३७ स्थानीय तहमा एमालेका ११०, कांग्रेसका ११५, माओवादीका ३१, राप्रपाका चार, एकीकृत समाजवादीका सात, जसपाका चार र स्वतन्त्र तीन प्रमुख/उपप्रमुख छन् । यस हिसाबले एमालेको दुई हजार ९०, कांग्रेसको दुई हजार १८५, माओवादीको ५८९, राप्रपाको ७६, एकीकृत समाजवादीको १३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार हुनेछ ।

प्रदेशसभा सदस्य र पालिकातर्फ समेत गरी एमालेको कुल मतभार चार हजार २१०, कांग्रेसको तीन हजार ७२२ र माओवादी केन्द्रको एक हजार २७८ हुनेछ । एकीकृत समाजवादीको ३४५, राप्रपाको ३९४, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ ।

यसानुसार सत्ता गठबन्धनको कुल मतभार पाँच हजार ४८३ हुन्छ । यो मतभार एमालेको भन्दा एक हजार २६४ ले धेरै हो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC