site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चन्द्रागिरि दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । चन्द्रागिरि नगरपालिका–४, पानीघाटनजिक हिमचुली सेतोपहरामा शनिबार दिउँसो भएको सवारीसाधन दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

दुर्घटनामा घाइते ६ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।

काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको प्र३–०१–२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी ५०० मिटर तल खसी दुर्घटना भएको थियो । दिउँसो १ः५५ बजेको समयमा भएको दुर्घटनामा चारजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनास्थलमै मृत्यु हुनेमा काठमाडौंको मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी, काठमाडौंकै लाजिम्पाटका डा. महेशकुमार गौतम र सोही ठाउँका चार वर्षीय प्रियान्स गौतम थिए ।

दुर्घटनामा स्मारिकाकी आमा डा. सृष्टि तिवारी गौतम सकुशल रहेको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका निम्ति त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro