site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसका कारण रोकियो मन्त्रिपरिषद् पुनर्गठन, ‘हार खाँदै’ प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ दलहरुबीच मन्त्रिपरिषद् पुनर्गठनमा समझदारी भए पनि प्रधानमन्त्रीको प्रयासले मूर्त रुप पाउन भने सकेको छैन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पुगेकै दिन मन्त्रिपरिषद् पुनर्गठन गर्न चाहेका थिए ।

प्रधानमन्त्री दाहालले एक वर्ष पुगेको अवसरमा ‘राष्ट्रका नाममा’ गरेको सम्बोधनमा पनि मन्त्रीहरुलाई पद छाड्नका लागि तयार रहन सन्देश दिएका थिए ।  

“आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरुलाई भन्न चाहन्छु, हामीलाई असफल हुने छुट छैन,” प्रधानमन्त्री दाहालले भनेका थिए, “कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनले मन्त्रीहरुलाई कार्यक्षमता प्रदर्शन गर्न नसके ठाउँमात्र नओगट्न पनि आग्रह गरेका थिए । प्रधानमन्त्रीले आफूले उपदेशमात्र नदिने भन्दै बाचा पनि त्यही गरेको बताएका थिए ।

प्रधानमन्त्रीको भनाई पछि स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले पनि पदबाट हट्नुपर्ने विषय सार्वजनिक कार्यक्रममै खोलेका थिए ।  केही दिनअघि कान्ति अस्पतालको कार्यक्रममा मन्त्री बस्नेतले कति दिन पदमा रहिन्छ भनेर नै मुख खोलेका हुन् ।
 
“मन्त्री पदमा कति दिन रहिन्छ थाहा छैन । किन भने मन्त्री पद त यति समयका लागि भनेर तोकिने पनि होइन,” मन्त्री बस्नेतको भनाई उद्धृत गर्दै उनी निकटले भने, “त्यसकारण जति दिन रहिन्छ त्यतिदिन राम्रोसँग काम गर्ने हो । तपाईंहरुले पनि यसमा सहयोग गरिदिनुभयो भने त्यसले तपाईं हामी र देशलाई राम्रो हुनेछ ।”

Global Ime bank

मन्त्री बस्नेतले यस्तो भने पनि कांग्रेस भने मन्त्रीहरु फिर्ता बोलाउन तयार भइसकेको छैन ।  सभापति देउवाले पार्टीको परिस्थिति ‘अनुकूल नबनाई’ प्रधानमन्त्रीका लागि अनुकूल नबनाउने संकेत गरिसकेका छन् । 

देउवाको अडानले प्रधानमन्त्रीको प्रयास तत्कालका लागि स्थगित भएको छ । 

“हामी हाम्रा मन्त्री फेर्नुपर्छ भन्ने पक्षमा छैनौं । केही व्यक्तिले त्यस्ता विषय उठाए पनि कांग्रेसले पार्टीगतरुपमा त्यस्तो धारणा निर्माण गरेको छैन,” नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बाह्रखरीसँग भने, “प्रधानमन्त्रीले काम गर्न सकिन, मन्त्रीहरु फेर्न अनुमति दिनैप¥यो भन्नुहुन्छ भने पनि हाम्रो महासमिति बैठकसम्म कुर्नुपर्ने हुन्छ ।” 

उनले मन्त्रिपरिषद् पुनर्गठनको विषय धेरै अघिदेखि उठ्दै आए पनि नेपाली कांग्रेसले महासमिति बैठक पछि भन्दै आएको जानकारी दिए । 

“प्रधानमन्त्रीका तर्फबाट उहाँका निकटवतीहरुबाट धेरै अघि नै मन्त्री फेरौँ भन्ने प्रस्ताव आएको हो । त्यसमा सभापतिज्यूले सहमति नदिनुभएकै हो,” विश्वकर्माले भने, “हाम्रो महासमिति बैठक पुसमा गर्ने भनिएकोले प्रधनमन्त्रीले त्यही अनुरुपको योजना बनाउनुभएको हुन सक्छ । तर, अब पनि कांग्रेस महासमिति बैठक अघि मन्त्रीहरु फेरबदलको पक्षमा छैन ।”

माओवादी केन्द्रका प्रधानमन्त्री निकट नेताहरु भने कांग्रेस सभापति शेरबहादुर देउवा गृहमन्त्री फेर्ने पक्षमा रहेको बताउँछन् ।  ती नेताका अनुसार गृहमन्त्री फेर्नकै लागि देउवा अन्य मन्त्रीहरु फेर्न पनि तयार भएका हुन् । 

देउवाले गृहमन्त्री फेर्न प्रस्ताव गरेपछि माओवादीले उनलाई मात्र फेर्दा राम्रो सन्देश नजाने भन्दै कांग्रेसबाट पनि अर्थमन्त्री फेर्न सर्त राखेका थिए ।  उनीहरुले गृह मन्त्रालय र अर्थ मन्त्रालय साटेर लिनसमेत देउवासँग प्रस्ताव गरेका थिए । 

तर, सुरुवातमा देउवाले अर्थमन्त्री फेर्ने विषय सुन्नै नचाहेको ती नेताहरुको अनुभव छ । नागरिकमा आत्मविश्वास फर्किन सकेन अर्थमन्त्री फेरौँ, गृह मन्त्री पनि फेरौँ भन्दै माओवादीका तर्फबाट प्रस्ताव राख्दा देउवाले प्रकाशशरणले अर्थतन्त्र जोगाएको भन्दै उनीहरुका कुरा सुन्न चाहेका थिएनन् । 

“अर्थमन्त्री किन फेर्ने ? सबैले देश श्रीलंका हुन्छ भनेका होइनन् ?, उसले जोगायो त,” देउवाको भनाई उद्धृत गर्दै ती नेताले भने, “उसलाई काम गर्न दिनुपर्छ । अरु मन्त्रीका विषयमा कुरा गरौं ।”

देउवाले यस्तो अडान राखेपछि प्रधानमन्त्री स्वयम्ले देउवासँग वार्ता गरेका थिए । प्रधानमन्त्रीसँगको वार्ता पछि भने देउवा सबै मन्त्रीहरु फेर्नका लागि तयार भएका छन् । तर, उनले आफ्नो पार्टीको महासमिति बैठकसम्म भने पर्खिन आग्रह गरेका छन् । 

“उहाँहरुको महासमिति बैठक मंसिर पुस हुँदै फागुनमा पुगेको छ । फाुगनमा पनि हुन सकेन भने कहिले पुग्ने हो थाहा छैन,” माओवादीका ती नेता भन्छन्, “त्यही कारण महासमिति बैठक अघि नै मन्त्रीहरु फेरेर सरकारलाई गति दिनुपर्छ भन्ने हाम्रो कुरा हो,” त्यस्तो प्रस्ताव देउवाले मानिरहेका छैनन् । 

प्रधानमन्त्री दाहालका तर्फबाट माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसहितका नेता परिचालन गरेर कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी गरिरहेका छन् । 

पुनलाई नेगोसिएसनमा काम गर्दै आएकोमा राष्ट्रियसभा निर्वाचन परिचालन समितिमा पनि प्रचण्डले सिफारिस गरेका छन् । त्यहाँ कांग्रेस नेता रमेश लेखकमार्फत् पुनले देउवासमक्ष थप कुरा पुर्‍याउने र थप वातावरण निर्माण हुने माओवादी पक्षको विश्वास छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय