site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भारतसँग अफगानिस्तान ६ विकेटले पराजित 

काठमाडौं । तीन ट्वान्टी–२० को शृंखलाअन्तर्गत अफगानिस्तानले पहिलो खेलमा घरेलु टिमसँग ६ विकेटको हार व्यहोरेको छ । बिहीबार पञ्जाब क्रिकेट एसोसिएसनको मैदानमा अफगानिस्तानले प्रस्तुत गरेको १५९ रनको लक्ष्य भारतले १७.३ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो ।

भारतको जितमा शिभम दुबेले सर्वाधिक ६० रन बनाए । उनले ४० बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । जितेस शर्माले ३१, तिलक बर्माले २६, ओपनर सुभमन गिलले २३ र रिंकु सिंहले १६ रन जोडे । घरेलु टिमका कप्तान रोहित शर्मा दुई बल खेलेर शून्यमा पेभिलियन फर्किएका थिए ।

Dabur Nepal
NIC Asia

अफगानिस्तानका मुजिव उर रहमानले दुई र अज्मतुल्लाह अमार्जाइले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा पाँच विकेट गुमाउँदै १५८ रन बनाएको थियो । मोहम्मद नावीले सर्वाधिक ४२ रन जोडे । ओमार्जाइले २९, कप्तान इब्राहिम जाद्रनले २५ र रहमानुल्लाह गुरर्वाजले २३ रन थपे ।

भारतका मुकेश कुमार र अक्षर पटेलले समान दुई विकेट लिए । शिभम दुबेले एक विकेट लिए ।

यो शृंखलाअन्तर्गत बाँकी दुई खेल आइतबार र जनवरी १७ मा हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro