site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा

काठमाडौं । ओसासुनाविरुद्ध २–० को जित निकाल्दै बार्सिलोनाले स्पेनिस सुपर कपको फाइलनमा स्थान बनाएको छ ।

बिहीबार राति साउदी अरेबियामा भएको दोस्रो सेमिफाइनलमा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोवस्की र लामिन यमलले समान एक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

५९औँ मिनेटमा लेवान्डोवस्कीले गोल गर्दै क्याटालन जायन्टलाई अग्रता दिलाएका थिए । इन्ज्युरी समयमा युवा फरवार्ड यमलले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । यसपछि थप गोल भएन र बार्सिलोनाले सहज जितसहित फाइनल यात्रा तय गरेको हो ।

बार्सिलोनाले अब उपाधिका निम्ति आइतबार रियाल मड्रिडसँग खेल्नेछ । रियालले पहिलो सेमिफाइनलमा एट्लेटिको मड्रिडलाई ५–३ ले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

हालसम्म रियालले १५ पटक सुपर कपको उपाधि जितेको छ । बार्सिलोनाले १४ पटक यो प्रतियोगिताको उपाधि चुमेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १०:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro