site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फुलहमविरुद्ध लिभरपुलको रोमाञ्चक जित

काठमाडौं । काराबाओ कपअन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले फुलहमविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको छ ।

बुधबार राति घरेलु मैदान एन्फिल्डमा लिभरपुललाई जित दिलाउन कर्टिस जोनस र कोडी गाक्पोले समान एक गोल गरे । फुलहमका विलियनले एक गोल गरेका थिए ।

खेलमा सुरुआती अग्रता भने फुलहमले बनाएको थियो । १९औँ मिनेटमा विलियमले गोल गरेपछि पाहुना टिमले पहिलो हाफसम्म १–० को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा लिभरपुल खेलमा फर्कियो । ६८औँ मिनेटमा जोनसले गोल गर्दै घरेलु समर्थकमाझ लिभरपुललाई खेलमा फर्काएका थिए । त्यसको तीन मिनेटपछि नै गाक्पोको गोलमा लिभरपुलले २–१ को अग्रता बनायो । गाक्पोको यही गोल निर्णायक बन्दा लिभरपुल २–१ को जितसहित फाइनलनजिक पुगेको हो ।

यी दुई टिमबीचको दोस्रो लेग जनवरी २५ मा फुलहमको मैदानमा हुनेछ । दोस्रो सेमिफाइनलबाट फाइनल प्रवेश गर्ने टिमले चेल्सी र मिडल्सबर्गबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  ०९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro