site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आगोले जलेर वृद्धाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बर्दियामा आगोले जलेकी एक वृद्धाको मृत्यु भएको छ । राजापुर नगरपालिका–५, झप्टीकी अन्दाजी ७५ वर्षीया सोहनी थारुको मृत्यु भएको हो ।

बुधबार दिउँसो उनी सुत्ने कोठमा चिसोबाट जोगिन बालेको आगो सल्कँदा जलेर घाइते भएकी थिइन् । सोहनीले ओढेको ब्लांकेट आगोमा परेको थियो । त्यसबाट आगो सल्किएको थियो ।

Dabur Nepal
NIC Asia

घटनापश्चात् उपचारका निम्ति उनलाई बर्दिया अस्पताल हुँदै नेपालगन्ज ल्याइएको थियो । उपचारका क्रममा बिहीबार बिहान ४ बजे नेपालगन्जस्थित कान्ति आरोग्य अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  ०९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro