site stats
बाह्रखरी :: Baahrakhari
देश
तराईमा हुस्सु, बाँकी भू–भागमा यस्तो हुनेछ मौसम
फाइल तस्बिर

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । 

तराईका अधिकांश भू–भागहरूमा हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरोका कारण जाडो बढेकाले सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।  

Argakhachi Cement Island Ad

दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ विभागले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ०५:५९
प्रतिक्रिया दिनुहोस्