site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एनसेल खरिद–बिक्री छानबिन समितिको म्याद थपियो 
SkywellSkywell

काठमाडौं । मन्त्रिपरिषद् बैठकले एनसेल खरिद–बिक्री छानबिन समितिको म्याद थप गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा नेतृत्वको छानबिन समितिको म्याद थप गरेको हो ।

Dabur Nepal
NIC Asia

मन्त्रिपरिषद्को बैठकबाट एनसेल खरिद–बिक्रीको छानबिन गर्न गत मंसिर २१ गते पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेका थियो । 

समितिमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य छन् । समितिलाई ३० दिनको कार्यावधि दिइएकोमा छानबिनका लागि थप समय आवश्यक देखिएको भन्दै मन्त्रिपरिषद्ले म्याद थप गरेको हो । थपिएको अवधि भने जानकारी गराइएको छैन । 

मन्त्रिपरिषद् बैठकले दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा पनि स्वीकृत गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu