site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

महोत्तरी । महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा गए राति दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामगोपालपुर नगरपालिकास्थित थलही विर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका–३ का ३२ वर्षीय धमेन्द्र महतो रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

दुर्घटनामा ती मोटरसाइकलको पछाडिमा सवार भंगहा–५ का ३१ वर्षीय श्रीराम गोसाई र बर्दिबास नगरपालिकास्थित प्रेमनगरका ३६ वर्षीय प्रदीपकुमार यादव घाइते भएका छन् । बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उनीहरूको उपचार भइरहको छ ।

गए राति जलेश्वरबाट बर्दिबासतर्फ जाँदै गरेको ज११प ८०९९ नम्बरको मोटरसाइकल र बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको प्र२–०२–००४प १८४० नम्बरको मोटरसाइकल औरही नगरपालिका–१ स्थित वडा कार्यालयनजिकै ठक्कर खाँदा दुवैका चालकको मृत्यु भएको प्रनाउ गिरीले बताए ।

बाक्लो हुस्सुका कारण तीव्र गतिमा रहेका दुवै मोटरसाइकलका चालकले एकार्कालाई नदेखेको र अचानक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापश्चात् गम्भीर घाइते दुवै चालकलाई उपचारका निम्ति शुभस्वस्तिक अस्पतालमा लगिएको थियो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको थियो । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  ०९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro