राजनीति
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दल जनमत पार्टीले दुईजना उमेदवार उठाएको छ । राष्ट्रियसभा निर्वाचनमा गठबन्धनमा सिट नपाएपछि जनमतले दुई उमेदवार उठाएको हो ।
माघ ११ गते हुने निर्वाचनका लागि जनमतले मधेस प्रदेश र लुम्बिनीमा प्रदेशमा उमेदवारी दिएको हो ।
जनमतले मधेस प्रदेशको अन्ततर्फ राम शंकर महासेठलाई उमेदवार बनाएको छ । त्यस्तै, लुम्बिनी प्रदेशमा अन्यतर्फ बालगोबिन्द चौधरीलाई उमेदवार बनाएको हो ।
जनमतका एक नेताका अनुसार साना दलहरूको मत तान्ने गरी उमेदवार उठाइएको हो ।
प्रकाशित मिति: सोमबार, पुस २३, २०८० १७:२७
प्रतिक्रिया दिनुहोस्