site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से ३६.५७ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक ३६.५७ अंकले बढेको छ । १.८० प्रतिशतले बढेर नेप्से २०५९.४९ को विन्दुमा पुगेको छ ।

यस दिन ३०९ धितोपत्रका एक करोड ३७ लाख नौ हजार २७६ कित्ता सेयर चार अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

१३ मध्ये १२ उपसमूहको समूहगत सूचक बढेको छ । जीवन बिमा  उपसमूहको समूहगत सूचक ३.७२ प्रतिशतले बढेको छ । म्युचुअल फन्ड उपसमूहको समूहगत सूचक ०.०१ प्रतिशतले घटेको छ ।

संगती हाइड्रो इनर्जी, मादी इनर्जी, त्रिशूली जलविद्युत् कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । नारायणी डेभलपमेन्ट बैंकको ५.४६ र प्रभु स्मार्ट फन्डको सेयर मूल्य ३.७१ प्रतिशतले घटेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro