
काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले संसद् सञ्चालन गर्न दिन आग्रह गरेका छन् । आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा निधिले संसद् चल्न दिने/नदिने नेकपा (माओवादी केन्द्र)कै हातमा रहेको बताए ।
संसदीय प्रणालीमा आइसकेपछि संसदीय प्रणालीको नियमअनुसार संसद् सञ्चालन गर्न दिनुपर्ने उनको भनाइ छ । उनले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले राजीनामा माग गरेर संसद् अवरुद्ध गर्न आवश्यक नरहेको बताए ।
"संसद् अहिले अवरुद्ध छ । प्रतिपक्षीले अवरोध गरिरहेको छ । अब यो घडीमा आएर माओवादीकै हातमा संसद् चल्न दिने वा नदिने भन्ने रहेको छ," उनले भने ।
उनले अहिलेको विषय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जस्तो मुद्दा नरहेको जिकिरे । वर्तमान गृहमन्त्री रमेश लेखकमाथि कुनै आरोपसमेत नलागेको उनको दाबी छ ।
"रास्वपाका नेताको जस्तो विषय होइन, यो । रास्वपाको नेतालाई त छानबिन गर्दैगर्दा अनुसन्धान गर्दैगर्दा बोलेकै थियो । रवि लामिछानेको घटनामा तपाईंमाथि यस्तो भनिएको छ, तपाईं किन बोल्नुहुन्न भन्ने तर्क तपाईंको यसमा लागु हुँदैन," उनले भने
न्युज एजेन्सी नेपालबाट ।