site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विद्यालय शिक्षा विधेयकमा ‘मुन्धुम’ समेटिनुपर्ने माग 

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा ‘मुन्धुम’ शिक्षा पाठ्यक्रममा  समेट्न सरोकारवालाहरूले माग गरेका छन् ।

सोमबारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा  किराँत सम्बद्ध संघ संस्थाहरूले यस्तो माग राखेका हुन् । 

किराँत धर्मावलम्बीहरूको ग्रन्थशास्त्रको रूपमा रहेको मुन्धुम शिक्षालाई छुट्टै दरबन्दीको व्यवस्था गरी समेट्नुपर्ने किराँत राई यायोख्याका कार्यवाहक अध्यक्ष जनक राईले बताए । 

त्यस्तै, मातृभाषाको रूपमा पढाइ हुने विषयका लागि पनि छुट्टै शिक्षक दरबन्दीको व्यवस्था हुनुपर्ने उनीहरूको माग छ । चाडपर्व खर्चबापत जातिय र धार्मिक आधारमा पर्वकै महिनामा चाडपर्व भत्ता दिने व्यवस्था हुनुपर्ने उनीहरूको माग छ ।
 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro