site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नाडाको वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा, उपाध्यक्षमा राजनबाबु र निराकार श्रेष्ठ

काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४७औँ वार्षिक साधरणसभाले करण चौधरीको अध्यक्षमा नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ ।

पुस २० गते सम्पन्न साधारणसभाले १७ जना केन्द्रीय कार्यसमिति सदस्य सर्वसम्मतरूपमा निर्वाचित गरेको थियो ।

नाडाका निवर्तमान अध्यक्ष डा. ध्रुव थापासहित नयाँ कार्यसमितिको आज बसेको पहिलो बैठकले वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छालाई चयन गरेको छ ।

नाडाको विधान २०७१ को संशोधित विधान, २०८० ले वरिष्ठ उपाध्यक्ष सोझै अध्यक्ष हुने व्यवस्था गरेको छ ।

यस्तै, नाडाको उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठ रहेका छन् । संस्थागत उपाध्यक्षमा पुष्कर ओझा र तेजनारायण साह चयन भएका छन् ।

यस्तै, कार्यसमितिले महासचिवमा सुरेन्द्रकुमार उप्रेती, सचिवमा विक्रम सिंहानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल, सहकोषाध्यक्षमा पंकज अग्रवाललाई निर्वाचित गरेको छ ।

कार्यसमितिको बैठकले संस्थागत सदस्यमा सञ्जयकुमार श्रेष्ठ, कुलबहादुर क्षेत्री, कृष्णप्रसाद श्रेष्ठ, गणेशप्रसाद भट्टराई, भद्र भण्डारीलाई निर्वाचित गरेको छ ।

नाडाको केन्द्रीय कार्यसमिति सदस्य पदमा सुनिल रिजाल, प्रकाश कपुरी, कपिल शिवाकोटी, प्रदिपमान प्रधान, यमुना श्रेष्ठ, संजयकुमार खेतान, नवराज भुषाल, ऋद्धि कार्की, दिपेन्दकुमार मिश्र, र सौरभ थापा निर्वाचित भएका छन् । 

केन्द्रीय कार्य समितिको सदस्य पदमा मेघराज पौडेल, निलमणी पाठक र सोहन श्रेष्ठ पनि मनोनीत भएका छन् ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro