site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank

नेपालमा धेरै औषधिहरू डक्टरको प्रेस्क्रिप्सन नभईकन पनि सहजै काउन्टरबाट किन्न पाइन्छ । नियममा जे लेखिएको भएता पनि बजार अनुगमन नभएका कारणले कसैलाई रुघा, खोकी, ज्वरो आए औषधि पसलेले सहजै एजिथ्रोमाइसिन, इरिथ्रोमाइसिन वा कुनै पनि अरू एन्टिबायोटिक सहजै दिन्छन् । यसरी औषधि प्रयोग गर्दा धेरैजसोलाई निको पनि हुन्छ । कतिपय बिरामीहरू डक्टरकोमा जानुभन्दा सिधै औषधि पसले ‘दाइ’ले दिएको दबाई खाएर पैसा जोगाउँछन् । तर, यसको दूरगामी असर के पर्छ भन्ने विषयमा जबसम्म बिरामी वा औषधिका उपभोक्ता आफैँ सजग हुँदैनन्, तबसम्म अहिलेको अवस्थामा तात्त्विक भिन्नता आउँदैन । अनि, निको नहुने रोग लागेर मृत्युवरण गर्नेको संख्यामा पनि खासै कमी आउने सम्भावना हुँदैन ।

औषधि विज्ञानले पत्ता लगाएका नयाँ–नयाँ औषधिका कारणले हालका दिनमा धेरै एन्टिबोयोटिक ब्रोड स्पेक्ट्रमका हुन्छन्, अर्थात् एउटै औषधिले धेरै रोगका कारक जीवाणुलाई असर गर्छ । तर, साधारण बिमारीका लागि त्यस्तो बहुआयामिक एन्टिबायोटिक प्रयोग गरिए अलिक गम्भीर प्रकारका रोगलाई त्यस्तो औषधिले काम नगर्ने हुन्छ । यसैका कारण औषधिले छुँदै छोएन र बिरामीको मृत्यु भयो भन्ने धेरै घटना हामीले बारम्बार सुन्छौँ ।

Dabur Nepal
NIC Asia

कसैलाई पनि कुनै रोगव्याधि लागे डक्टरकोमा जाने बानी बसाल्नुपर्छ । तर, त्यसो हुन सकेको छैन । किनभने, सम्बद्ध निकायहरूले जनताको चेतना अभिवृद्धि गर्ने कार्यमा यथोचित बल गरेको देखिँदैन । गरिब मुलुक भएका कारण कतिपय ग्रामीण र दूरदराजका स्वास्थ्य चौकीमा जाँदा त्यहाँको पियनले औषधि लेखिदिने अवस्था कायमै छ । तर, पियनले दिएको दबाई खान हुन्न भन्ने चेतना बढेको अवस्थामा मात्र स्वास्थ्य चौकीमा डक्टर र नर्सहरूको उपस्थिति हुनैपर्छ भनेर जनताले सरकारलाई दबाब दिन्छन् । यसका लागि पनि चेतना अभिवृद्धि गर्नुको विकल्प देखिँदैन ।

विज्ञले स्पष्ट ढंगमा भनेका छन्– आफूले खाएको औषधि अरू कसैलाई सिफारिस नगरौँ, चिकित्सकलाई नै बिरामीको रोग र औषधिको प्रकार र मात्रा निर्क्योल गर्ने अवसर दिऔँ । यस्ता समस्या समाधान गर्ने उद्देश्यसहित सरकारको तर्फबाट प्रतिजैविक प्रतिरोध नेसनल एक्सन प्लान बनेको छ । यो योजना सन् २०१६ मा नै बनेको भएता पनि अझै कार्यान्वयन नहुनु एक दुःखद पक्ष हो । सम्बन्धित निकायले ध्यान देओस् ।

कडा खालका औषधिको प्रत्यक्ष प्रयोग गर्ने समस्या एकातिर ठूलै रूपमा देखिएको छ भने अप्रत्यक्ष रूपमा हाम्रो शरीरभित्र प्रवेश गरिरहेका एन्टिबायोटिकहरूको सन्दर्भमा पनि सचेत हुने अवस्था आइसकेको विज्ञहरूले बताएका छन् । हामीले खाने माछा, मासुमार्फत पशुपक्षीलाई दिइएको औषधिको साना अवशेष हाम्रो शरीरमा प्रवेश गरिरहेका हुन्छन् । त्यस्ता अवशेषले हाम्रो शरिरभित्र रहेका जीवाणुलाई ती औषधिको प्रतिरोध गर्न सिकाउँछन्, जसले गर्दा त्यस्ता जीवाणुले हामीलाई आक्रमण गरेर रोग थोपरेको समयमा कडाभन्दा कडा औषधिले पनि काम नगर्ने हुन्छ ।

अहिलेको जनस्वास्थ्यका दश प्रमुख समस्यामध्ये एएमआर अर्थात् ‘एन्टी माइक्रोबियल रेजिस्टेन्स’ एक हो । यसको मतलब भाइसर, ब्याक्टेरिया, फंगसजस्ता सूक्ष्म जीवले औषधिहरूप्रति प्रतिरोधात्मक क्षमता बढाउनु हो । यस समस्याबाट विश्वमा दशौँ लाख मान्छेले जीवन गुमाइरहेका छन् । त्यसैले एएमआर न्यूनीकरणका लागि एन्टिबायोटिक औषधिको प्रयोगमा सचेतना र कडाइका उपाय अवलम्बन गरौँ, विश्व स्वास्थ्य संगठनको मापदण्ड पालना गरौँ/गराऔँ र सर्वसाधारणलाई निको हुन सक्ने रोगबाट मर्न नदिऔँ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro