राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । माओवादीका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले राष्ट्रियसभाका उमेदवारको नाम टुंग्याउन बैठक बसेको बताए ।
“राष्ट्रियसभाको उमेदवार तय गर्न बैठक बसिरहेको छ,” उनले भने ।
माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि पु्स २३ गते (भोलि) उमेदवारी मनोनयनको कार्यतालिका छ । गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले ६ सिट पाउनेछ ।
प्रकाशित मिति: आइतबार, पुस २२, २०८० १३:२३
प्रतिक्रिया दिनुहोस्