site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चार समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चार वटा समितिको बैठक बस्दै छ ।

अर्थसमितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संघीय संसद सचिवालय, सिंहदरबारमा बस्ने बैठकमा १६औँ पञ्चवर्षीय योजना सम्बन्धमा राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्ने छ । समितिको सभाहलमा बस्ने बैठकमा सुदुरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र लुम्बिनी प्रदेशको बाँके जिल्लाहरूमा गरिएको बजार अनुगमनसम्बन्धी प्रतिवेदन, २०८० लाई समिति समक्ष पेस गरिने कार्यसूची रहेको छ ।

गण्डकी प्रदेशको कास्की पोखरा र स्याङ्जा  जिल्लाहरूमा गरिएको बजार अनुगमनसम्बन्धी प्रतिवेदन, २०८० लाई समितिसमक्ष पेस गरिने पनि बताइएको छ ।

राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गरिनेछ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे प्याप्सन, एनप्याप्सनलगायत सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघसँग छलफल गरिने कार्यसूची छ ।  

 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ०६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro