site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जापान भूकम्पमा मृत्यु हुनेको संख्या १०० नाघ्यो, २११ जना बेपत्ता
SkywellSkywell

टोकियो । जापानको इशिकावा प्रान्तमा गत सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको संख्या बढेर १०० पुगेको छ । भूकम्पमा परी इशिकावामा शनिबारसम्म २११ जना बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले त्यहाँका अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेका छन् ।

यसैबीच, भूकम्पमा परी मृत्यु हुनेको संख्या ११० र बेपत्ताको संख्या २१० रहेको एएफपीले जनाएको छ ।

KFC Island Ad
NIC Asia

भूकम्पबाट सबैभन्दा धेरै प्रभावित तटीय सहर वाजिमामा ५९ जनाको मृत्यु पुष्टि भएकोे छ । भवन भत्कँदा वाजिमामा करिब १०० व्यक्ति फसेको अपुष्ट विवरण सार्वजनिक भएको छ ।

जापान मौसम विज्ञानसम्बन्धी निकाय (जेएमए)ले स्थानीय समयानुसार शनिबार बिहान ५ः२५ बजे नोटो क्षेत्रमा पुनः ५.४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

Royal Enfield Island Ad

यो क्षेत्रमा शनिबार वर्षाको सम्भावना रहेकोले स्थानीय बासिन्दालाई सतर्क रहन चेतावनी दिइएको छ ।

जापानको राष्ट्रिय समाचार संस्था (क्योदो)का अनुसार भूकम्पका कारण इशिकावाका पूर्वाधारमा ठूलो क्षति पुगेको छ ।

स्थानीय समयानुसार शनिबारसम्म २४ हजार घरधुरीले विद्युत् अवरोधको सामाना गर्नुपरेको छ ।  १४ सहरका ६६ हजार घरधुरी खानेपनीविहीनताको अवस्थामा छन् । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १९:३३
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro