site stats
बाह्रखरी :: Baahrakhari
देश
पाँच लाख भारुसहित भारतीय नागरिक पक्राउ
प्रतीकात्मक तस्बिर ।

सप्तरी । स्रोत नखुलेको पाँच लाख ३० हजार भारतीय रुपैयाँसहित प्रहरीले सप्तरीबाट एक भारतीय नागरिकलाई शनिबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले आज पत्रकार सम्मेलन गरी राजगढ गाउँपालिका–२, झौराचोकबाट पक्राउ परेका भारतको मधुवनी भरफोर ग्राम पञ्चायत–३, सुब्बाटोलका २५ वर्षीय सञ्जयकुमार यादवलाई नगदसहित सार्वजनिक गरेको हो ।

Argakhachi Cement Island Ad

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बीआर५०बी १५४२ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा यादवलाई स्रोत नखुलेको नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्दी ब्रजाचार्यले बताए । मोटरसाइकलको डिक्कीमा लुकाई भारु नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा यादव पक्राउ परेका हुन् ।

उनको साथबाट भारु ५०० का ३३९ थान, २०० का ५३०, १०० का एक हजार ९८०, ५० का एक हजार ३४, २० का १९७, १० का ८८३ थान नोट फेला परेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १९:२३
प्रतिक्रिया दिनुहोस्