site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दसैँमा बिक्री नभएका खाद्यका २१ वटा च्याङ्ग्रा मरे, १३ वटा बिरामी
Tiktok banner adTiktok banner ad

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँ र तिहारका लागि ल्याएका ५४२ च्याङ्ग्रामध्ये २७८ बिक्री भएनन् । दसैँमा २६४ च्याङ्ग्रा बिक्री भएका थिए । दसैँ र तिहार पछिको समयमा हालसम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनी वाग्मती प्रादेशीक कार्यालयले २३१ वटा च्याङ्ग्रा बिक्री गर्‍यो । तर, हाल बाँकी रहेका ४७ च्याङ्ग्रामध्ये २१ वटा मरे ।

प्रादेशिक कार्यालयका अनुसार यी च्याङ्ग्रा कुकुरको टोकाइबाट मरेका हुन् । बाँकी रहेका २६ वटा मध्ये १३ वटा पनि विरामी छन् । बाँकी १३ वटा भने सकुसल रहेको प्रादेशिक कार्यालय प्रमुख ज्ञानु थापा बताउँछिन् ।

“बुधबार बेलुकासम्म सबै च्याङ्ग्राहरू स्वस्थ नै थिए । राति च्याङ्ग्रा मरेकाले सीसीटिभी फुटेज हेरेर थाहा पाएका हौँ । ९ बजे मात्रै खबर भयो । मरेकामध्ये दुई वटाको परीक्षण पनि गरियो,”   उनले भनिन्, “च्याङ्ग्रा ल्याएको तीन महिना भइसक्यो । दसैँका लागि लक्षित गरेर ल्याएको हो । छुटमा बिक्री गर्दा ४७ वटा च्याङ्ग्रा बाँकी थियो ।”

गत वर्ष भने १६२ च्याङ्ग्रा बिक्री भएको थियो । गत वर्ष खरिद विभागले फिर्ता गर्ने सम्झौता गरेको थियो । तर, यो वर्ष भने फिर्ता गर्ने सम्झौता नगरेकाले च्याङ्ग्रा थापाथली प्रादेशिक कार्यालयमा राखिएको थियो ।

केन्द्रीय रिफरल पशु चिकित्सालयका पशुचिकित्सक डा. सुदीप रेग्मीमा अनुसार कुकुरले टोकेर खुन बढी बगेका कारण च्यांग्राको मृत्यु हुन सक्ने आशंका गरेका छन् । उनका अनुसार रेविज भने नदेखिएको उनको भनाइ छ ।

“च्याङ्ग्राको शरीरमा कुनै संक्रमण देखिएन । चारवटा कुकुरले घाँटीमा टोकेर बढी ब्लड बगेर च्याङ्ग्राको मृत्यु भएको जस्तो देखिन्छ,” उनले भने, “परीक्षणको क्रममा अरू केही संक्रमण देखिएन ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro