site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
Tiktok banner adTiktok banner ad

सिरहा । सिरहाको गोलबजारस्थित वर्धमान अस्पतालमा शनिबार (वैशाख २७) एक सुत्केरीको मृत्यु प्रकरणमा प्रहरीले छानबिननिम्ति अस्पताल सञ्चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।

मिर्चैया नगरपालिका–११, सीतापुरकी ३० वर्षीया रामकाशी यादवको मृत्यु भएपछि आफन्तले विरोध प्रदर्शन गरेका थिए । त्यसपछि सञ्चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

शुक्रबार (वैशाख २६) शल्यक्रिया गरेर बच्चा जन्माएकी यादवको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएपछि आफन्तले अस्पतालको लापरबाही भन्दै विरोध जनाइरहेका छन् । “सुत्केरीको अवस्था नाजुक हुँदै गएपछि हामीले अन्यत्र पठाउन पटक–पटक आग्रह गर्दा पनि यतै ठिक भइहाल्छ भन्दै अल्झाएर राखियो,” रामकाशीका श्रीमान् सन्त यादवले भने, “बिरामीको अवस्था गम्भीर भएपछि आज बिहान करिब २ बजेतिर मात्र विराटनगरका लागि रेफर गरिदियो । यति बेलासम्म ढिलो भइसकेको थियो । विराटनगर लैजाँदै गर्दा बाटोमै मेरो श्रीमतीको मृत्यु भयो ।”

घटनापछि मृतकका आफन्त र परिवारजनले अस्पतालअगाडि राजमार्गमा शव राखेर प्रदर्शन गरेका थिए । प्रदर्शनपछि प्रहरीले अस्पतालका सञ्चालक समेत रहेका डा. तेजशंकर यादवसहित तीनजनालाई नियन्त्रणमा लिएको हो । 

हाल शव परीक्षणनिम्ति बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान पठाइएको र त्यसको प्रतिवेदनानुसार थप कारबाही अघि बढाउने गरी आफन्तसँग कुरा भएको डीएसपी पासवानले बताए । रासस
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  २२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro