site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सोमालियामा १५ जना भारतीय सवार कार्गो जहाज अपहरित

नयाँदिल्ली । सोमालियाको तटीय क्षेत्रमा बिहीबार राति १५ चालक दलका सदस्यसहित ‘एमभी लिला नोर्फोक’ नामक मालवाहक जहाज अपहरणमा परेको भारतीय नौसेनाले जनाएको छ । 

नौसेनाले घटनालाई नजिकबाट नियालिरहेको र त्यसतर्फ युद्धपोत पठाएको सैन्य अधिकारीले शुक्रबार बताएका छन् ।

सोमालियाको तटीय क्षेत्रमा बिहीबार साँझ जहाज अपहरण भएको सूचना प्राप्त भएको सैनिक अधिकारीले पुष्टि गरेका छन् । 

भारतीय नौसेनाको विमानले जहाजमा निगरानी राख्दै आएको छ । भारतीय नौसेनाको युद्धपोत आईएनएस चेन्नई स्थितिको सामना गर्न अपहरण गरिएको जहाजतर्फ अघि बढिरहेको अधिकारीले बताएका छन् । रासस/एएनआई

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro