site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
निलम्बित चिकित्सकलाई न्याय दिलाउन संघको माग 

काठमाडौं । नेपाल चिकित्सक संघले केएमसी अस्पतालले निलम्बन गरेका चिकित्सकको न्यायको माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै संघले घटनाको सत्यतथ्य छानबिन गरी निलम्बित चिकित्सकलाई न्याय दिलाउन माग गरेको हो ।

“स्वास्थ्य शिविरका नाममा आवासीय चिकित्सकहरूलाई शैक्षिक गतिविधिबाहेक पीडादायी रूपमा स्वास्थ्य शिविरमा मात्रै खटाउनु चिकित्सा शिक्षा आयोगको नियमविपरीत छ,” विज्ञप्तिमा उल्लेख छ ।

अनावश्यक शिविरमा सहभागी नहुने आवसीय चिकित्सकको प्रतिक्रियामा अस्पतालले कुनै स्पष्टीकरण समेत नलिई निलम्बन गरिएको भन्दै संघले आपत्ति जनाएको छ ।

काठमाडौंको सिनामंगलस्थित केएमसीमा पीजी दोस्रो वर्षमा अध्ययनरत आवासीय चिकित्सक डा. विशद दाहाललाई अनुशासन उल्लंघन गरेको आरोपमा कलेजले यही पुस १२ गते एक महिनाका निम्ति निलम्बन गरेको थियो । काठमाडौं विश्वविद्यालयले तत्काल निलम्बन नगर्न पत्राचार गरे पनि अस्पतालले उनलाई काममा फर्कन दिएको छैन । यही कारण केएमसीमा आवासीय चिकित्सक आन्दोलनरत छन् ।

adsfag-1704352293.jpg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro