site stats
बाह्रखरी :: Baahrakhari
देश
रेडियोग्राफी पेसाकर्मी आन्दोलित

काठमाडौं । रेडियोग्राफी पेसाकर्मी पाँच दिनयता आन्दोलित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रस्तावित ओएनएम संरचनाको विरोधमा उनीहरूले हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।

सोमबार (असार ९)सम्म मन्त्रालयबाट संवादको पहल नभए आन्दोलन सशक्त बनाइने सरकारी रेडियोग्राफी संघ, नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आन्दोलनको पाँचौँ दिनसम्म पनि मन्त्रालयले कुनै प्रतिक्रिया नदिएको र संवादमा नबोलाएको संघले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रेडियोग्राफी पेसामाथिको उपेक्षा, अवहेलना र अपमानका कारण विरोधमा उत्रनुपरेको संघको भनाइ छ ।

संघले रेडियोग्राफी पेसाकर्मीको व्यावसायिकता, योगदान र अस्तित्वलाई निरन्तर बेवास्ता गरिएको भन्दै आपत्ति जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १२:००
प्रतिक्रिया दिनुहोस्