site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इरानमा दुई विस्फोटमा ९५ जनाको मृत्यु, राष्ट्रिय शोक घोषणा
Sarbottam CementSarbottam Cement

काठमाडौं । इरानका मारिएका जनरल कासिम सुलेमानीको अन्त्येष्टिस्थलनजिकै बुधबार दुई विस्फोटमा कम्तीमा ९५ जनाको मृत्यु हुनुका साथै २१० भन्दा बढी मानिस घाइते भएका इरानले जनाएको छ ।

अमेरिकी ड्रोन हमलामा सुलेमानीको मृत्यु भएको चौथो वर्षगाँठ मनाउन इरानको दक्षिणपूर्वी सहर केरमानमा रहेको चिहानमा धेरै मानिस भेला भएका बेला विस्फोट भएको हो । पहिलो विस्फोट सुलेमानीको चिहानबाट करिब ७०० मिटर र दोस्रो एक किलोमिटर टाढा भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

राजनीतिक र सुरक्षा मामिलाका निम्ति केरमान प्रान्तका डेपुटी गभर्नर रहमान जलालीले विस्फोटहरू आतंकवादीद्वारा गराइएको बनाएका छन् ।

यसैबीच, इस्लामिक रिपब्लिक अफ इरान न्युज नेटवर्कले विस्फोटको कारण अझै अनुसन्धान भइरहेको र उद्धार टोली घटनास्थलमा रहेको जनाएको छ

Global Ime bank

इरान सरकारले बिहीबार राष्ट्रिय शोकको घोषणा गरेको छ । इरानका सबैभन्दा शक्तिशाली सैन्य कमान्डरमध्येका एक सुलेमानी सन् २०२० जनवरी ३ मा बग्दादको अन्तर्राष्ट्रिय विमानस्थलनजिकै तत्कालीन अमेरिकी सेनाको आदेशमा ड्रोन हमलामा मारिएका थिए । उनको गृहनगर केरमानमा अन्त्येष्टिपछि दफन गरिएको थियो ।

इरानले उक्त हत्यालाई राज्य आतंकवाद भन्दै निन्दा गरेको छ र बदला लिने घोषणा गरेको छ । पछिल्लो घटनापछि इरानका सर्वोच्च नेता अली खामेनीले आक्रमणकारीले कठोर प्रतिवादको सामना गर्ने बताएका छन् । इरानी राष्ट्रपति इब्राहिम रायसीले कायरतापूर्ण कार्यका दोषी र नेतालाई छिट्टै पहिचान गरी सजाय दिने घोषणा गरेका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ०९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement