विदेश
काठमाडौं । जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ७८ पुगेको छ । जापानको इशिकावा प्रिफेक्चरले जारी गरेको तथ्यांकानुसार भूकम्पका कारण प्रिफेक्चरमा ७८ जनाको मृत्यु भएको हो ।
सोमवार इशिकावा प्रान्तको नोटो क्षेत्रमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पपीडितको उद्धार र राहत वितरण जारी रहेको बताइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८० ०९:१९
प्रतिक्रिया दिनुहोस्