site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से २८ अंकले बढ्यो, सबै उपसूचक हरियाली

काठमाडौं ।  सेयर बजार मापक नेप्से परिसूचक बुधबार झन्डै २८ अंकले बढको छ । आज नेप्से २७.९० अंकले बढेर २,०५८.०० को विन्दुमा पुगेको छ । 

आज ३०६ धितोपत्रको एक करोड पाँच लाख ४९८ कित्ता सेयर चार अर्ब चार करोड ८८ लाख ५७ हजार ८५७ रुपैयाँमा किनबेच भयो ।

आज १३ वटै उपसमूहको समूहगत सूचक बढेको छ । हाइड्रोपावर उपसमूहको समूहगत सूचक ३.०८ बढेको छ ।

पाँचवटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लगेको छ । आज दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फास्टक्चर एन्ड डेभ्लपमेन्ट, पिपुल्स हाइड्रोपावर कम्पनी, भगवती हाइड्रोपावर र सोनापुर मिनिरल्सको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

आज लक्ष्मि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.१० प्रतिशत, प्रभु स्मार्ट फन्डको ४.८१ प्रतिशतले घटेको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro