site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केएमसी अस्पताल प्रशासनलाई परेवाको खुट्टामा बाँधेर पठाइयो सन्देश 

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पताल प्रशासनलाई आन्दोलनरत आवासीय चिकित्सकहरूले परेवाको खुट्टामा बाँधेर सन्देश पठाएका छन् । अस्पताल प्रशासनले इन्टरनेट नचलेका कारण विश्वविद्यालयको पत्र नपाएको भनेपछि सांकेतिक विरोधस्वरुप यस्तो गरिएको हो । 

“अस्पताल प्रशासनले इन्टरनेट छैन फेरि केयूको पत्र नै प्राप्न नभएको भनेपछि परेवाको खुट्टामा चिठी बाँधेर प्रशासनमा पठाइयो,” निलम्बित आवसीय चिकित्सक डा. विशद दाहालले भने । 

केएमसी अस्पतालले डा. दाहाललाई आवसीय चिकित्सकको कर्तव्य पालना नगरेको र अनुशासन उल्लघंन गरेको भन्दै पुस १२ गतेदेखि एक महिनाका लागि निलम्बन पत्र दिएको थियो । 

काठमाडौं विश्वविद्यालय (केयू)ले चिकित्सक दाहालमाथि लगाएको निलम्बन तत्काललाई स्थगन गर्न भन्दै मंगलबार केएमसीलाई पत्राचार गरेको थियो । तर केएमसीले इन्टरनेट नचलेको भन्दै हालसम्म सो पत्रको जवाफ केयूलाई नदिएपछि आन्दोलनरत चिकित्सकले परेवाको खुट्टामा बाँधेर अस्पताल प्रशासनलाई पत्र पठाएका हुन् । 

निलम्बनको विरोधमा डा. दाहालसहित पीजी तह पहिलो र दोस्रो बर्षका झन्डै ८० जना आवसीय चिकित्सक यतिखेर आन्दोलित छन् । बुधबार समेत अस्पताल प्रशासनले कडा सुरक्षाका बीच उनीहरूलाई अस्पताल छिर्न रोक लगाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro