site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डा. विशद भन्छन्– शिविरका नाममा अमानवीय व्यवहार हुन्छ, आवाज उठाउँदा निलम्बन गरियो 

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)मा पीजी अध्ययनरत आवासीय चिकित्सक डा. विशद दाहालले बिहीबार राति सामाजिक सञ्जालमा लेखे ‘...निलम्बन होइन निष्कासन नै गर्ने धम्की दिए पनि हुन्छ, माननीयज्यू ।’ 

उनको स्टाटस नेपाली कंग्रेसका सांसद सुनील शर्माप्रति लक्षित थियो, जो केएमसीका सञ्चालक पनि हुन् । केएमसीले डा. विशदलाई आवासीय चिकित्सकले पालना गर्नुपर्ने कर्तव्य र अनुशासन उलंघन गरेको भन्दै बिहीबार एक महिने निलम्बनपत्र थमाएको थियो । 

काठमाडौं विश्वविद्यालयबाट मेडिसिन पोष्टग्रजुएट अध्ययनरत डा. विशद केएमसीमा रोसिडेन्ट दोस्रो वर्षका चिकित्सक हुन् ।

Dabur Nepal
NIC Asia

निलम्बनसम्मको घटनाको पृष्ठभूमि उनी यसरी बयान गर्छन् :– 

दुई वर्षदेखि हेल्थ क्याम्पको नाउँमा केएमसी र नोबेल मेडिकल कलेजले अत्यन्त अमानवीय ढंगले रेजिडेन्ट चिकित्सकलाई गुन्डागर्दी शैलीमा खटाउँदै आएको छ । बाहिर देखाउँदा जनसेवा भने पनि क्याम्पको मनसाय राजनैतिक प्रचारप्रसार र बर छल्ने रहेको अधिकांशको बुझाइ छ । यसरी क्याम्पको नाममा कहिले त महिनाको १८/२० दिनसम्म अस्पताल बाहिर राखेर हाम्रो शिक्षण सिकाइमा गम्भीर असर पर्ने गरी खटाइन्थ्यो । पाठ्यक्रममै समावेश नभएको यस्तो क्याम्पमा जबरजस्ती रूपमा खटाउने काम दुई वर्षदेखि जारी थियो ।
 
पछिल्लोपटक क्याम्पमा लगेर सामान्य खान बस्न समेत असहज हुने गरी जबरजस्ती दैनिक १५००/२००० बिरामी जाँच्न लगाइन्थ्यो । यस्तो चिसोमा राति २/३ बजेसम्म कच्ची बाटोको यात्रा गराउने र बिहानै ८ बजे उठाएर फेरि अर्को क्याम्पमा खटाउने परिपाटि हाम्रा लागि सामान्य जस्तै भइसकेको थियो । 

यो कुरा पटकपटक चिकित्सा शिक्षा आयोग, काउन्सिल र युनिभर्सिटीमा जानकारी गराउँदा समेत कहिल्यै सुनुवाइ भएन ।  अन्तिमपटकको क्यामपमा त एकजना रेजिडेन्टलाई यात्रा कै दौरान गम्भीर रक्तस्राव तथा छारे आयो । तर  क्याम्प रोकिएन । यही कुरा हामीले उठाएर क्याम्प जाँदैनौं भनी आन्दोलन गर्यौं । अन्त्यमा आन्दोलनको नाइके को हो भनेर छानीछानी कारबाही गरियो ।

मेरो रेजिडेन्सी के हुन्छ त्यो त मलाइ थाह भएन । तर यो हदसम्मको अन्याय हुँदा पनि म बोलिन भनेर मेरो आत्माले सधैँ मलाई सराप्थ्यो । तसर्थ म बोलेँ र बोलिरहन्छु ।’

अस्पतालले पढाइ नै प्रभावित गरेर कष्टकर ढंगले शिविरमा लगिरहेको छ भन्ने बाह्रखरीको प्रश्नमा डा. विशदले भने, “हो, रहेक महिना खान, बस्न र स्वास्थ्यको समेत ख्याल नगरी काममा पेलिन्थ्यो । उहाँ (सांसद सुनील शर्मालाई इंगित गर्दै)को निर्वाचन क्षेत्र र विकट पहाडी जिल्लाहरूमा पनि शिविरमा लगिन्थ्यो ।”

यो वर्ष प्युठान, दाङसहित पाँचवटा जिल्लामा शिविरमा गएको र सो समयमा अफू र साथीहरूप्रति अत्यन्तै अमानवीय ढंगले काममा खटाइएको उनले बताए । यसअघि कलेज प्रशासनलाई यसबारे आवसीय चिकित्सकहरूले ध्यानकर्षण गराउँदै आएका थिए । तर,  पछिल्लो घटनापछि भने शुक्रबारदेखि पहिलो र दोस्रो वर्षका झन्डै ८० जना आवासीय चिकित्सकले ड्युटीमा नजाने निर्णय गरेका छन् । 

के भन्छ कलेज ? 
केएमसीले बिहीबार डा. विशदलाई दिएको निलम्बनपत्रमा पछिल्लोपटक गैह्रीगाउँको सुकुम्बासी बस्तीमा भएको स्वास्थ्य शिविरमा डा. विशदसहितको टोली खटाइएकोमा उनी नगएको आरोप छ । उनको यो कदम कलेजको निर्णय विपरीत र आवसीय चिकित्सकको अनुशासन विपरीत भएको पत्रमा उल्लेख छ । 

पीजीका विद्यार्थीले शिविरमा खट्नुपर्ने विषय कोर्समा नै समावेश भएकाले त्यसभन्दा बाहिर गएर ज्याजती नगरिएको केएमसी अस्पताल प्रबन्धक नारायणप्रसाद दाहालको दाबी छ । यो विषयलाई लिएर ठूलो मुद्दा बनाउन नहुने र अन्य आवसीय चिकित्सकले समेत ड्युटी छोड्न नहुने उनको भनाइ छ । 

“यही विषयलाई लिएर अरुले पनि आन्दोलन र विरोधका कार्यक्रममा नगइदिए हुन्थ्यो,” उनले बाह्रखरीसँग भने । 

bishad-dahal-1703841960.jpg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro