site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इलाममा मेडिकल कलेज निर्माणका लागि जग्गाको विषय टुंगिन लाग्यो : मन्त्री राई 

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले मेडिकल कलेज निर्माणका लागि इलाममा जग्गा प्राप्तिको विषय टुंगो लाग्ने चरणमा पुगेको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभाअन्तर्गत रहेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले प्रा. डा. गोविन्द केसीसँगको सम्झौता बमोजिम इलाममा मेडिकल कलेज निर्माण हुने बताए । यसका लागि जग्गा प्राप्ति विषय टुंगोमा पुग्न लागेको उनले जानकारी दिए । 

उनले सातै प्रदेशमा एक–एक वटा मेडिकल कलेज निर्माण गर्न सरकारले काम अघि बढाइरहेको जानकारी दिए । 

“इलामको हकमा जग्गाको विषय टुंगो लाग्ने अवस्थामा आइसकेको छ । उदयपुरमा जग्गा प्राप्तिको ८, ९ वटा विकल्प समितिले हामीलाई दिएको छ । हामीले यसलाई टुंगो लगाउन बाँकी छ,” मन्त्री राईले भने ।

उनले बुटवल र बर्दिवासमा मेडिकल कलेज निर्माणका लागि जग्गा प्राप्ति गर्ने काम सम्पन्न भएको र डीपीआर कार्य अघि बढिसकेको जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro