site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभा निर्वाचनमा एमालेको प्रस्ताव कांग्रेसले मानेन
मेलमिलाप दिवसका अवसरमा कांग्रेसले सोमबार आयोजना गरेको कार्यक्रममा दुई नेता ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको उमेदवारी मनोनयनको मिति नजिकिँदै जाँदा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहकार्यका निम्ति रणनीतिक योजना बुन्न खोज्दै छ । एमाले सत्ता गठबन्धन भत्काउने या भत्काउन सक्ने उमेदवारको खोजीमा लागेको छ ।

सत्ता गठबन्धन कायम रहे आउँदो फागुन २० गतेदेखि रिक्त हुन लागेका पद गुमाउने निश्चितजस्तै भएपछि एमालेले सिट हासिल गर्ने योजना गरेको हो । त्यसो भएमा ५९ सदस्यीय राष्ट्रियसभामा एमाले आठ सिटमा खुम्चने सम्भावना छ ।

एमालेले राष्ट्रियसभामा पहिलो दल नेपाली कांग्रेससँगै साझेदारी चाहेको छ । कांग्रेससँग राष्ट्रियसभासँगै सत्तासाझेदारीकै प्रस्ताव एमालेले राखिसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“कांग्रेसले गठबन्धन नतोडेसम्म राष्ट्रियसभा चुनावमा तात्त्विक फरक पर्ने देखिँदैन । सत्तासहयात्राकै लागि कांग्रेससँग पटक–पटक भनिरहेका छौँ, गठबन्धन तोड्न तयार देखिएको छैन,” एमालेका एक पदाधिकारी बाह्रखरीसित भन्छन् ।

स्रोतका अनुसार, एमालेले कांग्रेसलाई रिक्त हुन लागेका २० मध्ये १३ सिट आफैँ राख्न प्रस्ताव गरेको छ । उसले एक मनोनीतसहितका २० मध्ये सात सिटमा एमालेको उमेदवारी रहने गरी प्रस्ताव पठाएको थियो । तर, प्रस्तावमा कांग्रेस सभाापति शेरबहादुर देउवा सहमत देखिएका छैनन् ।

Global Ime bank

“तपाईंहरू १३ सिट लिनुस् भनेर देउवाजीलाई प्रस्ताव गरेको हो, तर सकारात्मक जवाफ आएको छैन । त्यस्तो वातावरण बन्ने अवस्था पनि देखिएको छैन,” स्रोतले भन्यो ।

राष्ट्रियसभामा फागुन २० देखि २० जनाको ६ वर्षे कार्यकाल सकिँदै छ । एमालेबाट राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, भैरवसुन्दर श्रेष्ठ, नरपति लुवार, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, इन्दु कडरिया र रामचन्द्र राईको पदावधि सकिँदै छ ।

राष्ट्रपतिबाट मनोनीत एमालेकै विमला राई पौड्यालको पदावधि पनि सकिनेछ । उक्त पदमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गरिनेछ । बाँकी १९ पदमा माघ ११ गते निर्वाचन हुँदै छ । निर्वाचनका निम्ति पुस २३ गते उमेदवारी दर्ताको कार्यतालिका छ ।

बुधबारसम्म उमेदवार सिफारिस
एमालेले उमेदवारी सिफारिस गर्न पार्टीको प्रदेश कमिटीलाई बुधबार (भोलि)सम्मको समय दिएको छ । बुधबार बेलुका ५ बजेसम्म एक महिलासहित तीनजनाको नाम पठाउन भनिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

प्रदेशले नाम सिफारिस गरेपछि केन्द्रले उमेदवारबारे निर्णय लिनेछ ।

गठबन्धनको मत तान्ने उमेदवारको खोजी 
त्यहीकारण गठबन्धन भत्काउन एमाले नेताले प्रयत्न गरिरहेका छन् । प्रचार विभाग प्रमुख गौतम गठबन्धन र गठबन्धनबाहिर रहेका दलहरूसँग साझेदारीका निम्ति छलफल भइरहेको बताउँछन् ।

“हाम्रो मतले मात्रै विजयी हुने अंकगणित देखिँदैन । राजनीतिक दलहरूसँग तहतहमा अलगअलग वार्ता जारी छन्,” उनी भन्छन् ।

एमालेले उमेदवार छान्न सत्ता गठबन्धनको निर्णय पनि कुरिरहेको छ । गठबन्धन दलले भागबन्डा टुंगो लगाएका छैनन् । गठबन्धनमा कुरा नमिलेपछि मात्र दलहरू सहमतिमा आउने सम्भावना रहेको नेताहरूको आकलन छ ।

कुनै पनि पार्टीसँग गठबन्धन नभए मतभार जोगाउन एमालेले उमेदवार उठाउनेछ । गठबन्धनको भोट तान्न सक्ने व्यक्तिलाई उमेदवार बनाउने तयारी एमालेको छ । त्यस्तै प्रकृतिका उमेदवारको खोजीमा एमाले देखिन्छ ।

“चुनाव जित्न सक्ने प्रबल सम्भावना भएका, मतभार बढाउन सक्ने स्थापित व्यक्तिलाई उमेदवार बनाउँछौँ,” गौतम भन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement