site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपाल–भारत संयुक्त आयोगको बैठक बिहीबार, भारतका विदेशमन्त्री जयशंकर आउने 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकर दुईदिने नेपाल भ्रमणका लागि बिहीबार नेपाल आउँदै छन् । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार उनी नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् । नेपाल–भारत संयुक्त आयोगको बैठक बिहीबार काठमाडौंमा हुँदैछ । 

नेपाल भ्रमणका बेला भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । 

Dabur Nepal
NIC Asia

नेपाल–भारत संयुक्त आयोगको बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउदले गर्नेछन् भने भारतको नेतृत्व जयशंकरले गर्नेछन् । 

नेपाल र भारतबीच स्थापना गरिएका संयन्त्रमध्ये सबैभन्दा महत्त्वपूर्ण परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त आयोग मानिन्छ । संयुक्त आयोगको बैठकमा नेपाल–भारत बीचका सम्पूर्ण आयामहरूमा छलफल गरिन्छ । 

सन् १९८७ मा स्थापना गरिएको नेपाल–भारत संयुक्त आयोगको छैठौँ बैठक भारतको नयाँदिल्लीमा सन् २०२१ जनवरीको दोस्रो साता भएको थियो । संयुक्त आयोगको बैठक आलोपालो आयोजना गर्ने अभ्यास रहेको छ ।

स्रोतका अनुसार भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणका बेला नेपाल र भारतबीच दुईवटा सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । दीर्घकालीन उर्जा खरिदसम्बन्धी सम्झौता र उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रकम बढाउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । 

पहिला ‘साना विकास परियोजना’ नामले चिनिने परियोजनालाई हाल ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ नाम दिइएको छ । यो परियोजनाअन्तर्गत भारतले एउटा परियोजनामा अहिले बढीमा पाँच करोड रुपैयाँ लगानी गर्न पाउँछ । अब यसलाई बढाएर २० करोड रुपैयाँ पुर्‍याउन लागिएको स्रोतको दाबी छ । 

सन् २००३ देखि हालसम्म भारतले नेपालमा विभिन्न क्षेत्रमा ५५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu