site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तमोर नदीमा खसेर एक मजदुरको मृत्यु

फुङ्लिङ । ताप्लेजुङमा निमार्णाधीन मध्यतमोर जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।

विद्युतीय तारबार मिलाउने क्रममा तमोर नदीमा खस्दा एकजनाको मृत्यु भएको हो ।

भारत पश्चिम बङ्गालको माल्टा टाउनका करिब २२ वर्षीय मुकेश शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिए ।

उनका अनुसार मध्यतमोर जलविद्युत् आयोजनाको हान्द्रुङस्थित विद्युत् पावर हाउस नजिक तमोर नदी वारपार तारबार व्यवस्थापन गर्ने क्रममा पारि रहेका साथीलाई डोरी फाल्दा चिप्लिएर नदीमा खस्दा उनको मृत्यु भएको हो । रासस
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  २२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro