site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई भारतीय नागरिकलाई तोकियो ९० करोड ३७ लाख जरिवाना र आठ वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दुईजना भारतीय नागरिकलाई ९० करोड ३७ लाख ६६ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।

यही पुस ४ गते अदालतले उनीहरूले नक्कली फर्म खडा गरी करोडौँ रुपैयाँ बैंकिङ च्यानलबाट भारत पठाएको मुद्दामा कसुर ठहर गरेको थियो । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले भारतीय नागरिक प्रमोदकुमार जैसवाल र पप्पु ठाकुरलाई दोषी ठहर गरेको थियो ।

सोमबार जैसवाललाई बिगो ४१ करोड ५१ लाख ६९ हजार २७५ कायम गरी ८३ करोड तीन लाख तीनहजार ८५० रुपैयाँ जरिवाना र आठ वर्ष कैदको सजाय निर्धारण गरेको हो ।

अर्का प्रतिवादी भारतीय नागरिक ठाकुरलाई तीन करोड ६७ लाख १४ हजार बिगो कायम गरी त्यसको दोब्बर सात करोड ३४ लाख २८ हजार जरिवाना र पाँच वर्ष कैद हुने फैसला भएको हो ।

दुवै जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ०७७ वैशाख २ गते मुद्दा दायर गरेका थियो । विभागको माग दाबी अनुसार विशेष अदालतले फैसला गरे पनि उनीहरू अझै पक्राउ परेका छैनन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro