site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एक वर्षमा ४८ लाखभन्दा बढीले गरे टीआईएबाट आवतजावत
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । वर्ष सन् २०२३ मा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)बाट कुल ४८ लाख ६५ हजार ६८४ जनाले आवातजावत गरेका छन् ।

अध्यागमन विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकानुसार गत वर्ष २५ लाख ८७ हजार ३३६ जना टीआईएबाट बाहिरिएका थिए । २२ लाख ७८ हजार ३५४ जना नेपाल भित्रिए ।

टीआईएबाट सन् २०२३ मा आवतजावत गर्नेमा ३८ लाख ५० हजार ७९९ नेपाली र १० लाख १४ हजार ८८५ विदेशी छन् । नेपालसहित विश्वका २२० देशका नागरिकले उक्त अवधिमा टीआईएबाट आवतजावत गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

पुरुषको संख्या झन्डै दुईगुणा बढी 
टीआईएबाट आवतजावत गर्नेमा महिलाको तुलनामा पुरुषको संख्या झन्डै दुईगुणा बढी देखिएको छ । गत वर्ष टीआईएबाट आउजाउ गर्नेमा ३२ लाख २४ हजार ६२२ पुरुष र १६ लाख ४० हजार १३२ महिला छन् ।

पछिल्लो एक वर्षमा टीआईए हुँदै नेपाल भित्रनेमा १५ लाख सात हजार ९४२ पुरुष र सात लाख ६९ हजार ९२५ महिला छन् । नेपालबाट बाहिरिनेमा १७ लाख १६ हजार ६८० पुरुष छन् । आठ लाख ७० हजार २०७ महिला रहेको विभागले जनाएको छ ।

Global Ime bank

देश फर्कनेभन्दा छोड्नेको संख्या बढी 
सन् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा टीआईएबाट १६ लाख तीन हजार ८३६ नेपाली बाहिरिएका थिए । सोही समयमा विभिन्न देशबाट १२ लाख ६३ हजार ४६९ नेपाली स्वदेश फर्केको विभागको तथ्यांकले देखाउँछ ।

गत वर्ष नेपाल छोड्ने नेपालीमा ११ लाख ७१ हजार १८५ पुरुष, चार लाख ३२ हजार ५८५ महिला र पहिचान नखुलेका ६६ जना छन् ।

उक्त समयमा विभिन्न देशबाट स्वदेश फर्कने नेपालीमा नौ लाख ४१ हजार ३१० पुरुष, तीन लाख २२ हजार ७९ महिला र पहिचान नखुलेका ८० जना छन् ।

१० लाखभन्दा बढी पर्यटक नेपाल घुम्न आए 
अध्यागमन विभागको तथ्यांकानुसार सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै १० लाख १४ हजार ८८५ पर्यटक नेपाल भित्रिए । नेपाल घुम्न आउने पर्यटकमा पाँच लाख ६६ हजार ६३२ पुरुष, चार लाख ४७ हजार ८४६ महिला र पहिचान नखुलेका ४०४ जना छन् ।

सबैभन्दा बढी भारतीय 
नेपाल घुम्न आउने पर्यटकमा सबैभन्दा ठूलो संख्या भारतीय नागरिकको छ । वर्ष २०२३ मा मात्र तीन लाख १९ हजार ९३६ भारतीय नेपाल घुम्न टीआईएबाट नेपाल भित्रिएका थिए ।

भारतीयपछि नेपाल घुम्न आउनेमा ठूलो संख्या अमेरिकी, चिनियाँ, बेलायती र अस्ट्रेलियनको छ । बितेको एक वर्षमा अमेरिकाबाट एक लाख ३५७, चीनबाट ६० हजार ८७८, बेलायतबाट ५२ हजार ८६६, अस्ट्रेलियाबाट ३८ हजार ७९८ पर्यटक नेपाल घुम्न आए ।

यस्तै, सन् २०२३ मा बंगलादेशबाट ३६ हजार ४८३, जर्मनीबाट २६ हजार ९८०, थाइल्यान्डबाट २५ हजार ६७८, दक्षिण कोरियाबाट २३ हजार ७४३, फ्रान्सबाट २३ हजार १६८, श्रीलंकाबाट २१ हजार ८५१, मलेसियाबाट १८ हजार ८०७ पर्यटक त्रिभुवन विमानस्थल हुँदै आएको देखिन्छ ।

जापानबाट १६ हजार ४६३, क्यानडाबाट १४ हजार ६९०, भियतनामबाट १३ हजार ८९७, इटालीबाट १२ हजार ९४८, स्पेनबाट १२ हजार ३९३, रुसबाट १२ हजार ६० र भुटानबाट ११ हजार ४५० जना २०२३ मा नेपाल आएको विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १४:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement