site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माछापुच्छ्रेमा व्यवसायीले गरे पर्यटन सूचना केन्द्र तोडफोड

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले राखेको पर्यटन सूचना संकलन केन्द्रमा व्यवसायीले तोडफोड गरेका छन् । गाउँपालिकाले एक विज्ञप्तिमार्फत तोडफोडलाई लिएर आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकले ट्रेकिङका लागि माछापुच्छ्रे गाउँपालिकाको रुट प्रयोग गर्छन् । गाउँपालिकाले लो क्याम्पस्थित सूचना केन्द्रमा पर्यटकबाट शुल्क उठाउँदै आएको छ । त्यसको विरोधमा आइतबार व्यवसायीले सूचना केन्द्र तोडफोड गरेका हुन् ।

गाउँपालिकाका अनुसार आफ्नो क्षेत्रभित्र पर्ने अन्नपूर्ण संरक्षण क्षेत्रको मर्दी हिमाल पदमार्गमा पर्यटन सूचना संकलन एवं व्यवस्थापन, विपद् व्यवस्थापन, संरक्षणमैत्री पर्यटन पूर्वाधार निर्माण, पर्यटन सेवा शुल्क संकलनसहितका पर्यटनसँग सम्बन्धित कामहरू एकीकृत रूपमा सञ्चालन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको सहयोगमा गत कार्तिकमा कार्यालय स्थापना गरिएको हो ।

पालिकाले नेपालको संविधानको अनुसूची ८, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, आर्थिक ऐन, २०८० र प्रचलित नियम कानुनको अधिनमा रहेर गाउँपालिकाको बृहत्तर हितलाई ध्यानमा राखी गाउँसभाले गरेको निर्णयानुसार सञ्चालित कार्यमा अवरोध सिर्जना गर्नु संविधान, नियम र कानुनको ठाडो उल्लंघन भएको उल्लेख गरेको छ ।

कानुनी उपचारको उचित बाटो नलिई स्थानीय सरकारले नियमानुसार सञ्चालन गरेको कार्यमा अवरोध गर्ने निहीत स्वार्थले प्रेरित व्यक्ति वा समूहलाई सार्वजनिक संरचनाको तोडफोड गर्दा सजायको भागिदार हुनुपर्ने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro