site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संघीयता कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई मुख्यमन्त्रीहरूको ध्यानाकर्षण 

काठमाडौं । सातवटै प्रदेशका मुख्यमन्त्रीले संघीयता कार्यान्वयनका लागि संघ सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयनका लागि आग्रह गरेका हुन् । 

शुक्रबार हेटौंडामा बसेको मुख्यमन्त्रीहरूको बैठकले गरेको निर्णय आज सातै प्रदेशका मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयन र सविधान बमोजिम प्रदेश सरकारलाई अधिकार प्रदान गर्न प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका हुन् । 

प्रदेश सरकारको दोस्रो कार्यकालको पनि एक वर्ष पुग्न लाग्दा संविधानले दिएको अधिकार संघले नदिएको भन्दै प्रदेश ससरकारको नेतृत्वले असन्तुष्टि जनाउँदै आएको छ । 

तत्काल प्रहरी समायोजन, संघीय निजामती सेवा ऐन, प्रदेश सरकारका कार्यालयहरू रहेको भवन र भवन परिसरका जग्गाको स्वामित्व प्रदेश सरकारलाई हस्तान्तरण गर्न, संघबाट कर्मचारी पठाउँदा प्रदेशको सहमतिका आधारमा पठाउने व्यवस्था गर्न प्रदेश सरकारहरूको माग छ । 

तीनै तहका सरकारका सम्बन्धित विषयको कार्यक्षेत्रमा प्रदेशका मन्त्रालयको ऐन बमोजिम सीधा सम्पर्क गर्नुपर्ने, प्रदेशस्तरमा बन्नुपर्ने कानुनहरू शीघ्र निर्माण हुनुपर्ने, तीनै तहका कार्यजिम्मेवारीमा स्पष्टता ल्याउनुपर्ने प्रदेश सरकारले माग गर्दै आएको छ ।

हेटौंडा जमघटपछि मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीलाई भेटेर दबाब दिने

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  ०९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro