
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणको फाइनल खेल आज हुँदै छ । उपाधिका लागि साविक उपविजेता समेत रहेको धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दै छन् ।
फाइनलमा धनगढी पहिलो प्लेअफ र ललितपुरले दोस्रो प्लेअफ जित्दै स्थान बनाएका हुन् । धनगढीले पहिलो प्लेअफमा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएको थियो ।
यसैबीच, एनएसएलको दोस्रो संस्करणको विजेताले पाउने ट्रफी भारतीय फुटबल लेजेन्ड भाइचुङ भुटिया र नेपाली कलाकार दयाहाङ राईले सार्वजनिक गरेका छन् ।
शुक्रबार दशरथ रंगशालामा आयोजित ट्रफी सार्वजनिक कार्यक्रममा भारतीय टिमका पूर्वकप्तान भुटिया र कलाकार राई, नेपाली टिमका पूर्व–कप्तान राजुकाजी शाक्य, आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टकी अध्यक्ष अश्रयता कार्की चौधरीलगायतले ट्रफी सार्वजनिक गरेका हुन् ।