site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्सनलले शीर्ष स्थानमा उक्लने अवसर गुमायो
Sarbottam CementSarbottam Cement

काठमाडौं । वेस्ट ह्यामसँग २–० ले पराजित भएपछि इंग्लिस प्रिमियर लिगमा आर्सनलले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । बिहीबार राति घरेलु मैदान इमिरेट्समै आर्सनल स्तब्ध भएको हो । वेस्ट ह्यामको जितमा थोमस ससेक र कोन्स्टान्टिनोस माभ्रोपानोसले गोल गरे ।

खेलको १३औँ मिनेटमा ससेकको गोलमा वेस्ट ह्यामले घरेलु टिमविरुद्ध अग्रता बनाएको थियो । ५५औँ मिनेटमा माभ्रोपानोसले गोल गर्दै वेस्ट ह्यामको अग्रता दोब्बर पारे ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको इन्ज्युरी समयमा वेस्ट ह्यामले गोलको सुन्दर अवसर खेर फाल्दा अग्रता बढाउन सकेन । वेस्ट ह्यामका साइद बेनराह्माले पेनाल्टी खेर फालेपछि खेल २–० मै सकिएको हो ।

जितसँगै १९ खेलबाट ३३ अंक जोडेको वेस्ट ह्याम तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । हारसँगै शीर्ष स्थानमा उक्लने अवसर गुमाएको आर्सनल १९ खेलबाट ४० अंकसहित दोस्रो स्थानमा छ । आर्सनलभन्दा अगाडि रहेको लिभरपुलले १९ खेलबाट ४२ अंक जोडेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement