site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा आज पनि सुनुवाइ 

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा आज पनि सुनुवाइ हुनेछ । बिहीबार ‘हेर्दाहेर्दै’मा राखिएको मुद्दामा आज पनि बहस हुनेछ । आइतबारदेखि काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शिशिरराज ढकालको इजालसमा उक्त मुद्दाको सुनुवाइ जारी छ ।

आइतबार र बुधबार जाहेरवाला र सरकारी वकिलले बहस गरेका थिए । बुधबार मुरारी सापकोटाले बहस थालेका थिए । उनले २० मिनेट बहस गरेपछि सुनुवाइ स्थगित गरिएको थियो ।

बिहीबार सापकोटा र ‘लिड लयर’ सरोजकृष्ण घिमिरेसहितका ६ अधिवक्ताले बहस गरे । वरिष्ठ अधिवक्ता शम्भु थापा र नेपाल बारकै पूर्वमहासचिव समेत रहेका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले पनि सन्दीपका तर्फबाट बहस गरेका छन् । सन्दीपका तर्फबाट नौ वकिलले बहसका निम्ति नाम लेखाएकामा बिहीबार ६ जनाको बहस सकिएको छ ।

Dabur Nepal
NIC Asia

सरकारी वकिलबाट दुई र जाहेरवालाबाट आठजनाले बहस गरिसकेका छन् । सन्दीप पक्षको बहसपछि जाहेरवाला र सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । जवाफी बहस सकिएपछि न्यायाधीशले फैसला सुनाउनेछन् ।

पीडित भनिएकी गौशाला २६ (छ)को उजुरीमा अनुसन्धान गरी प्रहरीले प्रतिवेदन बुझाएपछि सन्दीपविरुद्ध ०७९ कात्तिक १४ गते जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । त्यस बेला पुर्पक्षका निम्ति थुनामा पठाउने आदेश भएको थियो । त्यसपछि सन्दीप देशबाहिर जान नपाउने तर स्वदेशमा हुने प्रतियोगितामा भाग लिन पाउने उच्च अदालतको आदेशबाट थुनामुक्त भएका थिए ।

उच्च अदालतको आदेशविरुद्ध सन्दीपले पुनः सर्वोच्चमा पुनरावेदन गरेका थिए । त्यसपछि सर्वोच्चले अनुमति लिएर खेल्न विदेश समेत जान पाउने आदेश गरेको थियो । आदेशसँगै उनी खेल जीवनमा नियमित छन् ।

सन्दीपको मुद्दामा यसअघि पटक–पटक अन्तिम भन्दै इजलास तोकिए पनि सुनुवाइ हुन सकेको थिएन ।

पीडित भनिएकी गौशाला २६ (छ)को उमेर यकिन गर्न यसअघि पटक–पटक आदेश गरिएको छ । जिल्ला अदालतका तत्कालीन एक नम्बर न्यायाधीश राजु खतिवडाको इजलासले त गएको साउनमा ‘पीडित’की आमाकै उमेर यकिन गर्ने आदेश गरेको थियो । उनकी आमाको उमेर एक ठाउँमा २०३५ र अर्कोमा ०५३ भएको पाइएको थियो ।

गएको कात्तिक २३ मा न्यायाधीश केशवराज घिमिरेको इजलासले मंसिर २२ गतेभित्र दुवै पक्षका वकिलहरूलाई लिखित बहस नोट पेस गर्न आदेश गरेको थियो । मंसिर २४ मा न्यायाधीश पदमराज पाण्डेको इजलासमा पेसी चढे पनि सन्दीपका वकिलले स्थगित गरेका थिए । दुवै पक्षको बहस नोट पेस गरिएकाले अब संक्षिप्त सुनुवाइ सकिएपछि फैसला गरिनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  ०७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro